As a part of social activities PKMMT Providing blankets-Thank you Birendra Mahato and the PKMM Trust.
‘न्यानो बाँडौँ’मा डा. महतोको सहकार्य
चिसो र शीतलहरपीडित नेपालीका लागि नयाँ पत्रिका दैनिकले सञ्चालन गरेको ‘न्यानो बाँडौँ’ अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक तथा समाजसेवी उपेन्द्र महतोले पनि सघाउने भएका छन् । महतोले आफू अध्यक्ष रहेको फुलकुमारी महतो मेमोरियल ट्रस्टका तर्फबाट पाँच सय एक थान कम्बल सहयोग गर्ने भएका हुन् ।
नयाँ पत्रिकाको अभियानमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापालगायतले सहयोगको घोषणा गरिसकेका छन् । अख्तियारले आठ लाख ३१ हजार रुपैयाँबराबरको कम्बल उपलब्ध गराउने घोषणा गरेको छ भने डा. भट्टराई र कांग्रेस नेता थापाले दुई–दुई सय थान, कांग्रेस नेता प्रदीप पौडेलले सय थान कम्बल दिने घोषणा गरिसकेका छन् ।
यस्तै, उद्योगमन्त्री महेश बस्नेतले एक महिनाको तलब, भूपालमान सिंह कार्की प्रज्ञा परिषद्ले एकमुष्ट एक लाख, उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले एक सय ५० थान, सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले संविधानसभाबाट आउने आफ्नो पारिश्रमिकबाट ५० थान कम्बलको सहयोग घोषणा गरिसकेका छन् ।
[Source : Naya Patrika, Nepal] [http://enayapatrika.com/coverstory/19283.html]
सिरहामा पाँच सय एक थान कम्बल वितरण
सिरहा, २८ पुस
चिसो र शीतलहरपीडितका लागि नयाँ पत्रिकाले सञ्चालन गरेको ‘न्यानो बाँडौँ’ अभियानअन्तर्गत आइतबार सिरहामा पाँच सय एक थान कम्बल वितरण गरिएको छ । फूलकुमारी महतो मेमोरियल ट्रस्टले उपलब्ध गराएको कम्बल जिल्लाको क्षेत्र नम्बर ५ अन्तर्गत चारवटा गाविसका विपन्न समुदायलाई वितरण गरिएको हो ।
कर्जन्हा गाविसमा गरिएको कार्यक्रममा कल्याणपुर कालाबन्जर, गौताडी, कर्जन्हा र बडहारामाल गाविसका विपन्न समुदायलाई कम्बल वितरण गरिएको हो । सभासद् वीरेन्द्र महतो, नयाँ पत्रिकाका सिरहा संवाददाता दिलीप सिंह, फूलकुमारी महतो मेमोरियल अस्पताल सिरहाका प्रशासकीय प्रमुख माइकल माइकलगायतले कम्बल वितरण गरेका थिए ।
कार्यक्रममा सभासद् महतोले चिसो र शीतलहरपीडितको सुरक्षा राज्यले गर्नुपर्ने ठाउँमा नयाँ पत्रिका दैनिकले गरेको कार्य प्रसंशनीय रहेको बताए । उनले देशका अन्य स्थानजस्तै न्यानो बाँडौँ अभियान सिरहामा पनि ल्याएको भन्दै नयाँ पत्रिकालाई धन्यवाद दिएका थिए । कम्बल लिएका चिसो र शीतलहरपीडितहरूले आर्थिक अभावले दु:ख पाइरहेका वेला नयाँ पत्रिकाले कम्बल दिएर राम्रो गरेको प्रतिक्रिया दिएका थिए ।
‘न्यानो बाँडौँ’ अभियानअन्तर्गत बाराको कलैया नगरपालिका–१२ स्थित सल्फिया दारुल इस्लाम मदरसाका २० बालबालिकालाई कम्बल वितरण गरिएको छ ।
मदरसामा पढ्दै आएका २० अनाथ बालबालिकालाई कम्बल वितरण गरिएको हो । कार्यक्रममा एन प्याब्सन बाराका अध्यक्ष रामप्रसाद अधिकारी, एन प्याब्सनका सचिव सञ्जय कलवार, पत्रकार महासंघ बाराका सचिव जयनारायण यादव, सनराइज पब्लिकेसन्सका आकाश अधिकारीलगायतले बालबालिकालाई कम्बल वितरण गरेका थिए ।
[Source : Naya Patrika, Nepal] [http://enayapatrika.com/national/20772.html]
For more Photos. https://www.facebook.com/mrosenkrantz/media_set?set=a.10206096872126747.1073742284.1410846536