फूलकुमारी महतो मेमोरियल हस्पिटलले गणेश समाज सेवाको सहकार्यमा १ दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको छ ।उक्त शिविरमा ३५ वर्ष माथिका ८० जना बिरामी हरुको मधुमेह र उच्च रक्तचाप को स्वास्थ्य जाच गरिएको थियो । सिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका सी. ई. ओ. डा. श्याम कुमार साह, सिनियर मेडिकल अफिसर डा. हरि राम ठाकुर, हस्पिटल प्रोमोशन एकजीक्युटिभ प्रमोद कुमार साह, बि. एस. सी. नर्सिंग भावना साह, हेल्थ असिस्टेन्ट शान्ति साह को उपस्थिति रहेको थियो ।