×

बन्दिपुर सिबिरबाट बिरामी लाभान्बित…

मंसिर २५, फूल कुमारी महतो हस्पिटलले १ सय ६४ जना बिरामीहरुको सफल उपचार गरिएको छ। बन्दिपुरमा आयोजित १ दिने स्वास्थ्य शिविरमा उक्त बिरामीहरुको उपचार गरिएको हो।

महिला बालबालिकाहरुको अत्यधिक उपस्थिति रहेको उक्त शिविरमा महिला तथा बालबालिका एंवम चिसोको कारणले सम्स्या भई बिरामीहरु उपचारका लागि आएका थिए। उक्त हस्पिटलका स्त्री तथा प्रसुतिरोग बिशेषज्ञ डा. स्वाती साह, बाल बिशेषग डा. मनोज कुमार चौधरी, जेनेरल फिजिसियन डा. दीपक यादव र दन्त रोग बिशेषज्ञ डा. कनिस्टिका झा ले स्वास्थ्य सिविरमा उपचार गर्नुभएको अस्पतालका मेडिकल डाइरेक्टर डा. शिवशंकर साहले बताउनु भयो।

सिबिरमा सिराहा, धनुषा र सिन्धुलिवाट बिरामीहरु उपचारका लागि आएको डा. साहले बताउनु भयो।  फूल कुमारी महतो हस्पिटलले नियमित रुपमा बिभिन्न समुदायमा पुगि निशुल्क स्वास्थ्य सिविरको आयोजना गर्ने गरेको र हालसम्म २० हजार भन्दा बढी बिरामीहरुको बिभिन्न सिविर मार्फत निशुल्क उपचार गरेको उहांले बताउनु भयो।

पचास शैय्याको  गैर नाफामुलक स्वआर्जनमा संचालन भएको उक्त अस्पताल समाजसेवी तथा उद्योगपती डा. उपेन्द्र महतोले आफनो आमाको स्मृतिमा स्थापना गर्नुभएको हो। हाल सम्म ५० हजार भन्दा बढी बिरामीहरुले प्रत्यक्षरुपमा अस्पतालबाट सेवा पाइसकेका छन भने सयौंको संख्यामा शल्यकृया समेत भइसकेको छ।

अस्पतालमा २४ घन्टा ईमेरजेन्सी सेवा, शल्यकृया सहितको स्त्री तथा प्रसुति सेवा , शिशु तथा बालउपचार सेवा, जेनेरल फिजिसियन सेवा, दन्त चिकित्सा सेवा आदी उपलव्ध छन। सुबिधा सम्पन्न ल्याबोरेटरी, रेडियोलोजी र ब्लड बैंक लगायतका सेवाको कारणले उक्त अस्पताल यस क्षेत्रकै उत्कृष्ट अस्पतालको रुपमा रहेको छ।