×

रक्तदान जिवनदान- अमित कुमार मिश्रलाई हृदयबाट नै धन्यवाद ।

मिति २०७३।०२।२६ गते बुधबार यस फूलकुमारी महतो मेमोरियल अस्पतालमा आएको श्री शिव कुमार सदा को छोरा बडहरामाल गा.वि.स वडा नं. १, जिल्ला सिरहाको बिमारी वर्ष ३ को चन्देश्वर सदालाई हेमोग्लोबिन अत्यन्त कम ( ४.६नm५) भएको र उक्त बिरामी लाई रगतको आवश्यकता भएको हुनाले यस अस्पतालमा ल्याब शाखामा कार्यरत् कर्मचारी श्री अमित कुमार मिश्र ले उक्त बच्चालाई रक्तदान दिएका छन् । रक्तदान जिवनदान भन्ने भनाई लाई सार्थक रुप दिदै उक्त बच्चाको जिवनको संरक्षण गरेकोमा हामी यस फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट उहा“लाई हृदयबाट नै धन्यवाद दिन चाहानछौ । अन्त्यमा, यस अस्पतालका अन्य कर्मचारी हरु साथै यस गाउ समाजका अन्य व्यक्तित्व हरुलाई पनि यस कार्यबाट प्रेरणा मिल्नेछ भन्ने आशा राखेका छौं । उक्त दिनका केही तस्विर हरु:

pkmmt-blood-donation-Nepalpkmmt-blood-donation-siraha