आज मिति २०७३।०१।२९ गते बुधबारका दिन फूलकुमारी महतो मेमोरियल ट्रष्ट अन्र्तगत संचालनमा रहेको जिल्ला सिरहा गा.वि.स कर्जन्हा वार्ड नं. ४ मा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पुर्वप्रधानमन्त्री माधव नेपाल, सभासद रघुविर महासेठ तथा ट्रष्टका उपाध्यक्ष एवं सांसद डा. विरेन्द« महतो लगायत अन्य महानुभावहरु भ्रमणको क्रममा आउनुभएकोमा अस्पतालका मेडिकल डाईरेक्टर डा. शिव शंकर साह, लेखा अधिकृत मनिष गोस्वामी, डा. रञ्जित राज पाठक, अमित कुमार मिश्र, प्रियंका काङ्खले, सुरेन्द« साह, सृजना साह लगायत अन्य कर्मचारीहरुद्धारा उहा“हरुलाई स्वागत गरिएको थियो । साथै उक्त अवसरमा यस अस्पतालका मेडिकल डाईरेक्टर डा. शिव शंकर साह ज्यू ले यस अस्पतालको सेवा सुविधा का सम्बन्धमा जानकारी दिनुभयो । सो अवसरमा नेता नेपालले फूलकुमारी महतो मेमोरियल ट्रष्टले पवित्र समाज सेवाको भावना बाट अभिप्रेरित भई ग्रामिण भेगका जनसमुदायको निम्ति अत्यन्तै राम्रो स्तरको अस्पताल निर्माण गरि विगत ४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा फूलकुमारी महतो मेमोरियल ट्रष्ट, अस्पताल लगायत अस्पतालमा कार्यरत् सम्पुर्ण कर्मचारीहरुलाई विशेष धन्यवाद दिदै जनसेवा नै मानव जिवनको लक्ष्य हुनुपर्ने बताउनुभयो । साथै यस्तो कर्मका जुट्न सबैलाई प्रेरणा दिलाईदिनु भएकोमा डा. उपेन्द« महतो तथा उहा“का सम्पुर्ण परिवारजनप्रति सम्मान व्यक्त गर्दै यस अस्पतालको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।