PKMMH Celebrated it’s 4 th Anniversary Yesterday in Karjanaha Siraha . PKMMH 4th Anniversary function was inaugurated by Chief Guest of the Program Mr. Ram Ashish Mahato, Respected Dr. Upedra Mahato sir was give short speech on Skype and program Guests was S.S.P. Syam gawali Siraha, New Gorkha Gun Chohrwa Karnal, Chief of Nepal Red Cross Society, Siraha, Mr. Rajdev yadav and more community visitor and health worker.
Thank you every one for your support and motivation
फुलकुमारी महतो मेमोरियल हस्पिटलको चौथो वार्षिकोत्सव सम्पन्न ।
फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको चौथो वार्षिकोत्सव भव्यताको साथ बुधबार सम्पन्न भएको छ । सिरहाको विभिन्न स्थानमा दर्जनौ निजि अस्पतालहरु संचालनमा रहेपनि सुविधा सम्पन्न नरहेको भन्दै जिल्लाको उत्तरी क्षेत्र कर्जन्हामा आज भन्दा ठिक ४ बर्ष पहिलादेखि फुलकुमारी महतो मेमोरियल हस्पिटलले आफ्नो सेवा प्रदान गर्दै आएका छन् । हस्पिटलले चार बर्षको अवधिमा करीब ५० हजार भन्दा बढी बिभिन्न किसिमका रोगिहरुलाई उपचार गरेको हस्पिटलका डा. शिब शंकर साहले बताए । जसमा बाल रोग र महिला रोग गरि ५ हजार रोगिलाई उपचार गरेको डा. साहले बताए । बार्षिकोत्सवको अवसरमा हस्पिटलका संचालक डा. उपेन्द्र महतो समाजिक संजाल स्काइपबाट मन्तब्य दिँदै भने “आफ्नो आमा उपचारको अभाबमा यस संसारबाट बिदा भएकोले आफुले यहाँ गाँउमा आएर अस्पताल खोलेको छु , आमाको उपचार गाउँमा सम्भब नभएपछि गाउँबाट बाहिर उपचार गर्न लगने साधन स्रोत नभएकोले आमा यस संसारबाट जानु भयो, त्यसैले आफुले यहाँ कसैको अकालमा जान गुमाउनु नपरोस उदेश्यले गाँउमा हस्पिटल संचालन गरेको छु ।” हस्पिटलका संचालक महतोको बुबा रामशिष महतोको प्रमुख आतिथ्य र हस्पिटलका डा. शिब शंकर साहको सभापतित्वमा बार्षिकोत्सब सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञावाली र नेपाल रेड्क्रस सोसाईटी सिरहाका सभापति राजदेब यादबको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको अस्पतालका कर्मचारी सुरेन्द्र साहले बताए । कार्यक्रममा विभिन्न राजनिकि दलका प्रतिनिधि, स्थानियबासी, नागरिक समाज, पत्रकार लगायत बिभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।