×

चन्द्रअयोध्यापुरमा निःशुल्क स्वास्थ्य जाँच

११५ को स्वास्थ्य परिक्षण
फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हाले सिरहाको चन्द्रअयोध्यापुरमा आईतबार निःशुलक स्वास्थ्य जाँच गरेको छ ।
अज्ञात रोगले जेष्ठ २५ गते ४ र २७ गते १ जनाको ज्यान जाँदा गाउँमै त्रासको वातावरण सृजना भएको छ । यस्तो अवस्थामा कुन रोगका कारणले मानिषहरुको ज्यान जाँदै गरेको सन्दर्भमा जानकारी लिनका लागि एक सय १५ जनाको स्वास्थ्य उपचार गरिएको अस्पतालका सुरेन्द्र साहले जानकारी दिए ।
जेष्ठ २५ गते चन्द्रअयोध्यापुर ६ वस्ने महिला स्वास्थ्य स्वयं सेविका २५ वर्षिय जिवछी सदा, ७० वर्षिय गर्भा सदा, ३५ वर्षिय टुलवा सदा, लहान नगरपालिका ६ वस्ने ३० वर्षिय कोषिला सदा र जेष्ठ २७ गते सुनिल सदाको मृत्यू भएको थियो ।
एक दिनमा ४ जनाको र एक दिन पछि १ जना गरि पाँच जानाको मृत्यूले स्वास्थ्य कर्मीहरुलाई पनि रोग बारे पत्ता लगाउन धौधौ परेको छ । तिन वर्ष अगाडी यसै स्थानमा २१ जानाको यस्तै लक्ष्णहरु देखिदै मृत्यू भएको थियो ।
त्यस बेला सदाय, कामती, बरही, दनुबार लगायत विभिन्न जातजातिको २१ जनाको एक पछि अर्को गर्दै २१ जनाको मृत्यू भएको थियो । त्यस मृत्यूका कारण पत्ता लगाउने त्यहि समयमा विषेश रिपोर्टका लागि रगत, दिशापिसाब र स्थानिय रकसी समेत पठाएको थियो । तर, २१ जनाको ज्यान कुन कारणले गयो त्यो पत्ता नगाउन सकेका कारण फेरी चन्द्रअयोध्यापुरका ५ जनाले ज्यान गुमाएको स्थानिय श्रीलाल कामतीले जानकारी दिए । कुन रोगका कारण पटक पटक मृत्यू भईरहेको बरेमा राम्रो संग स्पष्ट रुपले खोजतलास नगरेकै कारण यस्तो घटना फेरि दोहरिएको कामतीको भनाई रहेको छ ।
मृत्यू हुनुभन्दा अगाडी सबैले एकै नासे लक्ष्ण जोडले वान्ता हुने, टाउको दुख्ने, आखाँ नहेर्ने, छातीपेट पोल्ने, उल्टो सास आउने, जस्ता लक्ष्णहरु देखाएका थिए ।
उपस्वाथ्य चौकी चन्द्रअयोध्यापुरको अ.न.मी सकुन्तला रेग्मी भन्छिन्,‘ हेर्नुस् । मृत्यू हुनुको वास्तविक कारण अहिले सम्म बाहिर आएको छैन् । त्यस कारण कुन रोगका कारण ज्यान गएको भन्न गाह्रो छ । ज्यान गुमाएका सबै २० बर्ष भन्दा माथीकै रहेको छ । मृत्यू हुनेमा अधिकाशले रक्सी समेत खाने गरेका कारणले फुट पाईजन समेत हुन सक्ने अवस्था छ ।’
अहिले चन्द्रअयोध्यापुरमा त्रासको वातावरणमा जिल्ला अस्पताल सिरहाले २४ औं घण्टा उपचार दिनका लगि एउटा मेडिकल टिमको व्यवस्था गरेको छ । हामी भन्दा अस्पताल धेरै टाढा नभएको र अलिपनि मनमा संका आए तुरुन्तै उपचार गराउन सकिने भावना चन्द्रअयोध्यापुर–६ मा बनाउनको लगि यस्तो टिमको स्थापना गरिएको छ । मेडिकल टिममा उपचार गर्न आउनेहरुको रक्तचाप धेरै भएको, तनाव समेत बढेको जस्ता रोगीहरु बढिमात्रामा फेला परि रहेको मेडिकल टिमकै नेतृत्व गरिरहेका गोलबजारका जनस्वाथ्य अधिकृत विलट नारायण रायले जानकार दिए ।
चन्द्रअयोध्यापुर – ६ मा एक सय ५० जनालाई चेकजाँच गर्दा अधिकांस मानिषलाई टाउको दु्खने, रक्तचाप बढेको, खानमन नलाग्ने, घुर्मी लाग्ने, कमजोरी महसुस हुने जस्ता विभिन्न प्रकारका बिरामीहरु फेला परेको फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाका प्रमुख डा.शिवसंकर साहले जानकारी दिए ।
साहले भने,–‘उपचारको क्रममा अध्ययन गर्दा यसमा सबै जस्तो मानिषहरु निरक्षर देखियो र यि सबै जना रक्सी समेत सेवन गर्दै आएका कारण फुट पाईजनका कारणले पनि मृत्यू हुन सक्छ । यसलाई थप प्रमाणि गर्नको लागि मानिषको मृत्यू पछि शरिर बाट चिसो पसिना आउनु र नाकबाट रगत गएको छ । तर, पनि ज्यान जानुका मुख्य कारण के हो ः अहिले भन्न सकिन्न हामी मृत्यूका कारण पत्ता लगाउनका लागि केहि मानिषका रगत परिक्षणका लागि लिएका छौं । यसको रिपोर्ट आईसके पछि । वास्तविक कारण पत्ता लाग्छ ।
त्यस्तै चन्द्र अयोध्यापुरका बिरामीहरु उपचारका लागि एक साता भित्र फुलकुमारी हस्पिटल कर्जन्हामा गए उपचारमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ ।’
उपचारका लागि फुलकुमारी अस्पतालबाट डा. साह ल्याब टेक्नोलोजिस्ट, टेक्नीसियन लगायत ७ जनाको टोली घटना स्थलमा पुगेर प्रत्यक्ष रुपमा चेकजाँच गरिएको सुरेन्द्र साहले जानकारी दिए ।

मृत्यूबाट बाँचन देविको पूजा
मृत्यूबाट बाँचन र गाउँमा पहिला जस्तै शान्ति स्थापनाका लागि चन्द्रअयोध्यापुरका वासिन्दाले हजारौं खर्ज गरि देविदेउतालाई आईतबार पुजेको छ ।
प्रत्येक साल जस्तै यस बर्ष पनि देविलाई समयमा पुजा नदिएका कारणले ५ जनाको ज्यान गएको र आज देखि यस्तो घटना २ बर्ष सम्म नदोहरिने स्थानीय धाँमी हरुणी सदायले गाउँले अगाडीनै ठोकुवा गरे ।
जिल्ला र देशका अनुभवी चिकित्सकहरु मानिषको मृत्यूको कारण र रोगको वारेमा पत्ता लगाई रहेको अवस्थामा सबैलाई पछि पार्दै अब २ वर्ष सम्म यस्तो घटना पुःन नदोहरिने धाँमी हरुणी सदायले दाबी गर्दै देविलाई आईतबारै एउटा बाख्रा समेत भाका चढाएको ।
स्थानिय बुधनी सदाय भन्छीन्–‘हामी चुक ग¥यौं हामीलाई पुजा १५ दिन अगाडीनै गर्नुपर्ने थियो । यो पुजा हामीले केहि दिन अगाडी गरेको भए ५ जनाको ज्यान गुम्ने थिएन ।’
सिरहा जिल्लाको खोरीया, मतलेश्वर र सोनी लगायत पाँच गाउँबाट एक सय ५० केजी चामल र नगद ६ हजार संकलन गरिएको थियो । उक्त पैसा देवीको पुजामा र विभिन्न देवी देबताको पुजाआजामा गरिएको धाँमी हरुणी सदायको भनाईछ ।
औषधीको आवश्यक
सिरहाको चन्द्रअयोध्यापुरमा एकै दिन ४ जनाको निधन र एक दिन पछाडी १ जनाको निधनले चिन्ता जनमाएको छ ।
त्यसमा पनि अत्यधिक गर्मि (लु) का कारण छिन छिनमै प्यास लाग्ने , धुर्मी लाग्ने, टाउको दुख्ने जस्ता विभिन्न समस्याहरु आएको छ । यस्तो अवस्थामा मानिषलाई केहि समयमै औषधी आवश्यक हुन्छ । तर, यस्तो अवस्था सिरहाको चन्द्रअयोध्यापुरमा रहेको उपस्वाथ्य चौकीमा समान्य जीवनजल र आईरन चक्की समेत अभाव भएको छ ।
यस्तो अवस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहालाई तुरुन्तै आवश्यक औषधी उपचारका लागि अगाडी बढ्नु पर्ने स्थानियहरुको भनाई रहेको छ ।
सिरहाको चन्द्रअयोध्यापुरमा रहेको उपस्वास्थ्य चौकीमा कार्यरत रहेकी सकुन्तला रेग्मी भन्छिन्,–‘औषधी स्वास्थ्य चौकीमा सकिएको महिनौ दिन बिति सकेको छ । औषधी दिनको लागि सिरहा अस्पतालमा समेत पटक पटक निवेदन पेश गरे पनि औषधी उपलब्ध नगरेका कारण सर्वसाधारण निरास भएको छ । औषधीको आवश्यकता पुरा गर्नका लागि भुकम्पले समेत असर पारेको रेग्मीको भनाई रहेको छ ।