×

कर्जन्हा अस्पतालमा पथलीको अप्रेशन सफलता पुर्वक सम्पन्न

२ सय अधिक बिरामीहरुको अप्रेशन गरियो

सरोज कुमार पासमान
कर्जन्हा, ३ चैत । सिरहाको कर्जन्हामा रहेको फूल कुमारी महतो मेमोरियल हस्पिटलले २ सय भन्दा बढी बिरामीहरुलाई अप्रेशन गरिएको छ । तेस्रो वर्षको प्रवेशको अन्तिम समयमा प्रथम पटक फूल कुमारी महतो मेमोरियल हस्पिटलको डा.हरुको एक समुहले शनिवार पिथ थैली पथलीको अप्रेशन सफलता पुर्वक सम्पनन् गरेको छ ।
यस अस्पतालले यस अघि बाबाशिर, हर्नियाको अप्रेशन लगायतका विभिन्न किसिमका अप्रेशन गरि २ सय भन्दा अधिक बिरामीहरुको अप्रेशन गरेको अस्पताल स्रोतको दावी रहेको छ ।
कल्याणपुर का.बं ४ मरेवाका ३५ वर्षिय बिरामी राजन यादवलाई पिथ थैली पथलीको अप्रेशन सफलता पुर्वक गरिएको डा.शिवसंकर साहको भनाई रहेको छ ।
अप्रेशनको सन्दर्भमा बिरामी राजन यादव संग कुरा गर्दा उहा“ले भने,– यस अधि रोजगारका लागि कतार र दुवै जादा“ पनि मेडिकल अन्य स्थानहरुमा गराएका थिए । तर, राम्रो संग मेडिकल नगरिएकै कारणले मेरो शरिर भित्र पथली रहेको कुरा थाह भएन । बैदेशिक रोजगारब्ँँट घर फर्कि सकेपछि पेटमा सहन नसकिने गरि दुखिनी, भात खान मन नलाग्नु, ज्योरो आउनु लगायतका लक्षणहरु देखिन थाल्यो र कमजोर समेत हुदै गए । त्यस पश्चात कर्जन्हामा रहेको यस अस्पतालमा उपचार गर्दा अल्ट्रा साउण्डको माध्ययमले मेरो पेटमा पथली रहेको यहा“का डा.हरुले प्रमाणित गरे । पेटमा रहेको पथलीलाई छिटै अप्रेशन गर्नुपर्ने डा.हरुबाट सल्लाह आए पछि सफलता पुर्वक अप्रेशन समेत गरियो । गाउ“ नजिकै रहेको सुविधा सम्पन्न अस्पतालमा आफ्नो श्रीमान्को पथलीको अप्रेशन भएछि आफु निकै खुसी समेत भएको राजनको श्रीमती विनिता यादवले सुनाइन् । श्रीमान संगै आफ्नो भिडियो एक्सरे गर्दा आफ्नो पेटमा समेत जुन्मम्लियाहा बच्चा“ रहेको थाह पाए पछि झन खुसी छु । यसले आफुहरुको आर्थिक भार संग संगै मानसिक तनाव पनि कम भएको विनिताले थपिन ।
राजनलाई अप्रेशन गर्नका लागि सल्यकृया चिकित्सक डा. संजय चौधरी, डा.शिवशंकर साह, राजिव साह, डा.संतोष गोइत, सृजना साह, दिप ज्योती, नरेश मल्लिक लगायतका टोलीहरु सहभागी रहेको फुल कुमारी महतो मेमोरियल अस्पतालमा कार्यारत रहेका सुरेन्द्र साहले जानकारी दिए ।
यसै रोगको सम्बन्धमा अस्पतालका प्रमुख डा.शिबसंकर साह संग कुरा गर्दा उहा“ले भने,– मानिसको शरिरमा पिथ थैली पथली विभिन्न कारणहरुले हुन्छ । मोटोपन बढी हुने, मलेरिया र कसैलाई यो रोग जन्मजातले पनि आउने गर्दछ । यो रोगलाई समयमा उपचार गरिएन भने यो रोग क्यानसरमा पनि परिनत हुने खतरा रहेको हुन्छ । त्यस कारण यो रोग थाह पाउने बितिकै हामीले उपचार गराउनु पर्छ । यो उपचार गर्ने दुई तरिका रहेको छ । एक ५ से.मिको छालामा शल्यिक्रिया गरि गरि र दोस्रो दुरबिन अर्थात ल्यापोषकोपीको माध्यले सजिलै संग उपचार गर्न सकिन्छ । यो रोग बाट बा“च्नको लागि चिल्लो पदार्थ कम खाने, मोटापन भएको ब्यक्ति शारिरिक ब्याम गर्ने, जन्म जात भएको मानिस समयमा उपचार गर्ने लगायतका विभिन्न उपायहरु रहेको छ । जुन हामी सजिलै गर्न सक्छौ ।
यस्तो उपचार ग्रामिण भेगमा कुनै स्थानमा नभएको तर कर्जन्हामा मात्र रहेकोले बिरामीहरुलाई यसको फैदा उठाउन बाट पछि हट्न नपर्ने साहको भनाई रहेको छ । साथै हामीले बिरामीको डिमाण्ड अनुसारको सेवा प्रदान गर्नको लागि २४ औं घण्टा तैयार भएका छौ र धरानबाट समेत एम.डि.जि.पी.डा.हरुलाई बोलाएर सेवा दिदै आएका छौ ।