फूलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सन् २०१३ मा रुसका विभिन्न विश्वविद्यालयमा अध्ययनरत तलका २५ उत्कृष्ट विद्यार्थी (सबै विषयमा ‘A’ ल्याउने) लाई रू २०,००० का दरले ५००,००० छात्रबृत्ति प्रदान गरियो । ट्रष्टले हरेक वर्ष रुसको राजधानी मस्कोमा नेपाली नयाँ वर्षको उपलक्षमा यो छात्रबृत्ति प्रदान गर्दै आएको छ ।