गैरआवासीय नेपाली संघको महिला फोरमले सप्तरी जिल्लाको बोदे बरसाईन गाविसमा आयोजना गरेको दुईदिने स्वास्थ्य परीक्षण शिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु समेत सहभागी भए ।
गत फागुन १७ र १८ गते आयोजना गरिएको उक्त शिविरमा दुई सय भन्दा बढी महिलाहरुलाई पहिलो, दोश्रो र तेश्रो तहको पाठेघर खस्ने समस्या देखिएको र ती मध्ये तेस्रो तह समस्या भएका २७ जना महिलाहरुलाई शल्यक्रियाका लागि छनौट गरिएको थियो । अन्य तहका महिलाहरुलाई शिविरमै रिङ्ग पेशरी, ब्यायाम सिकाइएको थियो ।
स्वास्थ्य शिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका एम.डि.जि.पि. डा. शिवशंकर शाह, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका स्त्री तथा प्रसुति रोग विशेषज्ञहरु डा. मोहनचन्द्र रेग्मी, डा. अजय अग्रवाल, डा. अनामिका दास र परोपकार प्रसुति गृहका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जयराज के.सी.ले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघले नारी दिवस (मार्च ८, २०१४) को उपलक्ष्यमा उक्त शिविरको आयोजना गरेको थियो । आगामी २ वर्ष भित्र नेपालको पांच वटै विकास क्षेत्रमा छनौट शिविरको आयोजना गरी करिब ३ सय महिलाहरुको शल्यक्रिया गरिने संघकी महिला विभाग संयोजक सपिला राजभण्डारीले बताउनु भयो ।
छनौट शिविरको औपचारिक कार्यक्रमको प्रमुख अतिथि संविधानसभाका सदस्य माननीय डा. वीरेन्द्र प्रसाद महतो हुनुहुन्थ्यो । कार्यक्रममा समासद्हरु माननीय लक्ष्मी चौधरी, माननीय सुरेन्द्र प्रसाद यादवको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीले समेत सहयोग गरेको थियो ।
Selection for women suffering from uterine prolapse surgery.
One thought on “पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरु शल्यक्रियाका लागि छनौट”
Comments are closed.