×

Donation to Help Nepal Network, हेल्प नेपाललाई १० लाख

Phul Kumari Mahato Memorial Trust, the regular supporter, provided NRs 1,000,000 (One million) to Help Nepal Network (HeNN).

Trust President Dr Upendra Mahato handed over the cheque to HeNN Founder President Rabindra Mishra in a function at the HeNN Office, Kathmandu on Wednesday.

donation-to-help-nepal-networkHeNN will include the donation amount in its Rs 100m Charitable Endowment Fund.
Speaking in the function, Dr Mahato said that the trust is grateful to HeNN as it got opportunities to support needy area of the society through HeNN. “We have to pay back to our society and encourage others to do the same,” Dr Mahato appealed.

Meanwhile, Mishra gave vote of thanks to the trust and Dr Mahato for his continuous support to HeNN. HeNN Nepal President Arun Singh Basnet briefed Mahato and media people about the HeNN’s activities.

काठमाडौ, माघ १,

फूलकुमारी महतो स्मृति प्रतिष्ठानले हेल्प नेपाल नेटवर्कको परोपकारी अक्षयकोषमा बुधबार १० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकम प्रतिष्ठानका प्रमुख तथा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एक कार्यक्रमका बीच हेल्प नेपालका संस्थापक रवीन्द्र मिश्रलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले हेल्प नेपाललाई सन् २०११ मा ६ लाख र २०१२ मा ८ लाख रुपैयाँ सहयोग दिएको थियो । ‘हाम्रो सानो सहयोगले परोपकारी काम गर्ने व्यक्तिलाई उत्साहित बनाउन सक्छ भने हामी सघाउन सदैव तयार छौं,’ महतोले प्रतिबद्धता जनाए ।

phul kumari trust donating to help Nepal Networkहेल्प नेपालले १० करोड रुपैयाँको परोपकारी अक्षयकोष बनाउने लक्ष्यका साथ काम गरिरहेको छ । उक्त संस्थाका संस्थापक मिश्रका अनुसार विगत १४ महिनाको अवधिमा लगभग पाँच करोड संकलन भइसकेको छ ।

अक्षयकोष निर्माणका लागि देश-विदेशबाट उत्साहपूर्ण ढंगले सहयोग प्राप्त भइरहेको मिश्रले बताए । हेल्प नेपालले शिक्षा, स्वास्थ्य, दैवीप्रकोपलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर सामाजिक परोपकारी क्षेत्रमा काम गरिरहेको जनाएको छ ।

‘गरेरै छोड्ने हो र परोपकार हेरेरै मर्ने हो।’ यसैलाई मूल नारा लिएर समाज सेवामा सक्रियता देखाएका पत्रकार रविन्द्र मिश्र नेपाली समाजको लागि नौलो नाम होइन।

परोपकारी भावना बोक्नु र गर्नुमा धेरै अन्तर छ। त्यसैले दिउँसो भरि गिट्टी बोकेर हिड्ने एक विद्यार्थीले आफ्नो कमाइबाट जोगाएर हेल्प नेपाल संस्थालाई दिएको १ हजार ५० रुपैयाँ र करौडौ कमाउनेको १ लाख सहयोगबीचमा भिन्नता तपाईँ-हामी आफैंले मुल्यांकन गर्न सक्छौं।

समाजमा परेका बाधा ब्यवधान र अफ्ठेरोलाई मल्हम लगाउन सदाचारी भावना बोकेर समाजको पुनर्निर्माणमा हिडेका रवीन्द्र मिश्रले खोलेको हेल्प नेपाल नामक संस्था पर्यायबाची बनेको छ।

कुनै पनि कामको सुरूवात शून्य अथवा सानोबाट गरेर निरन्तर लागिपरेमा पछि त्यसैले आफ्नो उचाई छुदै ठूलो भएर निस्कन्छ। यसै सन्दर्भलाई सघाउन गैर आवासिय नेपाल संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले बुधवार हेल्प नेपालको कार्यालयमा गएर १० लाखको चेक हस्तान्तरण गरेका छन् ।

संस्थालाई स्थापनाकाल देखिनै सहयोग गर्दै आएका महतोले पहिलो पटक बेलायतमा रजिष्ट्रर गर्न देखि अहिलेसम्म पनि सहयोग गरिनै रहेका छन्।

हेल्प नेपालका लागि उनको यो तेस्रो ठूलो सहयोग हो। पहिलो पटक ६ लाख सहयोग गरेका महतोले दोस्रो पटकमा ८ लाख र बुधबार १० लाख नगद सहयोग गरेका हुन्।

‘राम्रो काम गर्ने मान्छेलाई साथ दियो भने नराम्रो गर्ने मान्छेले पनि राम्रो गर्नेबाट केही सिक्छ र परोपकार गर्ने संस्कार बनाउँछ,’कार्यक्रममा बोल्दै महतोले भने।

यसैबीच कार्यक्रममा पत्रकार तथा संस्थापक मिश्रले महतोको सहयोगका लागि धन्यवाद दिँदै परोपकारी मन भएका सबै नेपालीलाई सहयोग गर्न अपिल गरेका छन् ।

As seen on :
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=312705
http://setopati.com/samaj/7516/